१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, सांगठनिक एकतालाले पुर्णता पाउदै

५ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएकाे छ । नेकपाको सांगठनिक एकताको टुंगो लगाउने सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको हो ।

नेकपामा लामो समयसम्म सहमति जुटन नसक्दा केन्द्रीय सदस्यको कार्यबिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लाग्न सकेको छैन । यस्तै केन्द्रीय निकाय, बिभाग गठन नहुनुका साथै जनसंगठनको कामसमेत अवरुद्ध छ । गत जेठ ३ गते नै जनसंगठनको संयोजक–सहसंयोजक सहित केन्द्रीय समितिको आकार र नाम तय भएपनि अहिलेम्सम्म अन्तर पार्टी निर्देशन नआउँदा बामदेव गौतम संयोजक रहेको किसान महासंघबाहेक अन्य संगठनको काम अघि बढेको छैन ।

लामो समयसम्म एकताले पुर्णता नपाउँदा नेता कार्यकर्ता नै निराश बनेपछि अन्तिम टुंगो लगाउने गरी अध्यक्षद्ववय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले सहमति गरी आजको बैठक बोलाउनु भएको हो । बआजको बैठकमा यही एजेण्डा राखिएको छ ।

एकतालाई अन्तिम रुप दिन जारी सचिवालयको बैठकले केन्द्रीय सदस्यको कार्यबिभाजन गरी इञ्चार्ज, सहइञ्चार्जको टुंगो लगाउनुका साथै बिभाग र केन्द्रीय निकायलाई अन्तिम रुप दिनेछ । बैठकअघिसचिवालयमा रहेका पूर्वएमाले र पूर्वमाओवादी नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ ।

प्रकाशित मिति : 14:09