६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अफ्रिकी मुलुक केन्यामा पक्राउ परेका १२ जना नेपाली महिलाको उद्दार

३ साउन, काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपालीमहिलाहरुलाई उद्धार गरी नेपाल ल्याई आफन्तको जिम्मा लगाइएको छ ।

ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने बिभिन्न पत्रपत्रिका र सामाजिक सन्जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो,बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवसिय राजनितिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो ।

उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको र केन्याको मुम्बासाशहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी मालिक लगायत महिलाहरुलाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइ प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीहरुका आफन्तलाई शुक्रबार जिम्मा लगाइएकोहो । यस सम्बन्धमा अन्य थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : July 19, 2019 at 6:14 pm