काठमाडौँ चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना पक्राउ
२ साउन, काठमाडाैँ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड चारआली बस्ने २२ वर्षीय आकाश लिम्बू र काठमाडौँ गोङ्गबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् । उनीहरुमध्ये लिम्बूको साथबाट लागुऔषध ब्राउनसुगर ५। ८४ ग्राम र मगरको साथबाट लागुऔषध ब्राउनसुगर ०।४० ग्राम बरामद भएको छ ।

काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बू र मगरलाई उक्त गुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । यसैबीच काठमाडौँ महानगरपालिका–३ मैतीदेवी मन्दिर परिसरमा बस्दै आएका काभ्रेपलाञ्चोक घर भएका ४९ वर्षीय विष्णुबहादुर तामाङ आज मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 18, 2019 at 7:14 pm









