११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

निफ्राको नाफा २० प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

१० कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५८.४५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १९.५० प्रतिशत घटेको छ।

२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। गत असोज मसान्तसम्ममा बैंकले १२ अर्ब ४ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब १७ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ ८ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७९.९५ गुणा रहेको छ।

प्रकाशित मिति : October 27, 2026 at 1:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/