१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

अप्पर लोहोरे खोलाको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१० कात्तिक, काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका छन् । बिन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका हुन् ।

 कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार आधारभूत सेयरधनी बिन्दिया प्रधानाङ्गले १ लाख र सरला देवी प्रधानाङ्गले १ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् । कम्पनीका अनुसार दुवै सेयरधनीले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्न निवेदन दिएका छन् ।

प्रकाशित मिति : October 27, 2026 at 1:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/