सालीसँग मिलेर आफ्नै श्रीमतीकाे हत्या गर्ने रमेश नेपाली पक्राउ
१ साउन, कास्की । सालीसँग मिलेर आफ्नै श्रीमतीकाे हत्या गर्ने रमेश नेपाली पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक बस्ने २७ वर्षीया लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली रहेका छन ।
यस्तै पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने भोजपुर, भोजपुर नगरपालिका-५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पोखरा महानगरपालिका-८ पृथ्वीचोक बस्ने सर्लाही ईश्वरपुर नगरपालिका- ३ तीनघरियाका २६ वर्षीय चित रञ्जन कुमार साह र गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् ।

गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मीको पोखरा महानगरपालिका-२२ कर्कले जंगलमा असार २५ गते शव फेला परेको उनकाे हत्यामा उनकै श्रीमान रमेश नेपालीको प्रत्यक्ष संलग्नतामा रहेको अनुसन्धानबाट खुल्न आएको छ । रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र बदनाम भएकोले लक्ष्मीलाई मार्ने योजना अनुसार अभियुक्तहरुको संलग्नतामा उनको हत्या गरी शव उक्त ठाउँमा फालेको खुल्न आएको छ ।
घटनामा संलग्न हाल नाम थर नखुलेका भारत वतन भएका ३ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको
प्रकाशित मिति : July 17, 2019 at 6:02 pm









