११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

१० कात्तिक, काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ ।

मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै पर्यटकलाई उक्त अवधिभर सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीलाई समेत सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रा नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : October 27, 2026 at 5:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/