७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

संगीतकार काली प्रसाद बास्कोटालाई लाग्याे संगीत चाेरेकाे आराेप


३१ असार, काठमाडाैँ । प्रसिद्ध संगीतकार काली प्रसाद बास्काेटालाई संगीत चाेरेकाे आराेप  लागेकाे छ । बास्काेटाकाे भर्खरै बजारमा खाएकाे ‘समाचार’ नामक गीतमा अरुकै संगीत लिएकाे  आराेप  लागेकाे हाे ।  गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको उनले दाबी गरेका छन् ।

महत बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् । प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन । तर प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछी सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् । यसअघि पनि उनलाई ‘ईन्सटाँको फोटो’ भन्ने गीतमा उनलाई संगित चोरिको आरोप लागेको थियो।

महतले प्रहरीमा दिएको उजुरीपत्र:

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार २०:३०