७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

शिल्पालाई फेसबुकमा ब्लक गरेका छविले कस्कालागि लेखे मार्मीक स्टाटस ?


३१ असार, काठमाडाैँ । चलचित्र निर्माता छवी ओझाले सामाजिक संञ्जाल फेसबुकमा मार्मीक स्टाटस लेखेर शिल्पा प्रती प्रेम दर्साएका छन् । एक अन्तर्वार्तामा नायिका  शिल्पा पाेखरेलले  उनका पती छविले उनलाई फेसकुकमा ब्लक गरेकाे बताएकी थिइन् । तर छविले भने शिल्पालाई फर्केर आउन अनुराेध गर्दै फेसबुकमा  स्टाटस लेखेका छन् ।

यस्ताे छ चलचित्र निर्माता छवि ओझाकाे स्टाटसः

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । शुभरात्री ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १७:३७