काठमाडौँ महानगर- १६ का वडाध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा एक जना पक्राउ
३१ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालालुस्थित अटोपार्टसका कर्मचारी रविन खत्री रहेका छन् । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले बताए । कार्कीले अटो पार्टस्का मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको भन्दै थप आफूलाई थापा नभएको बयान दिएको बताइएको छ ।
वडाध्यक्ष रिजालले भने, ‘उहाँले क्लोजिङको लागि फाइल दर्ता शाखामा पेश गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशंकामा मकहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाएपछि प्रहरी बोलाएर जिम्म लगाएको पठाइएको हो ।’
वडाध्यक्षको फर्जी हस्ताक्षर भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 16, 2019 at 2:35 pm









