१७ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्ने बाबुलाई जन्मकैद
३१ असार, रूकुम पश्चिम । १७ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जन्मकैद भएको छ ।जिल्ला अदालत रुकुम पश्चिमले छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ती व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले प्राप्त प्रमाण र साक्षीको वयानका अाधारमा ती व्यक्तिलाइ जन्मकैदको फैसला सुनाएको हो ।

अदालतका श्रेस्तेदार शिवहरि सुवेदीका अनुसार छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले गएको ४ चैतमा उनलाई पक्राउ गरेको थियो । बाबुबाट छोरी बलात्कृत भएको भन्दै आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । फैसलासँगै उनलाई जिल्ला कारागार रुकुम पश्चिममा चलान गरिएको पनि सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति : July 16, 2019 at 9:00 am









