६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सिँचाइ कार्यालय भोजपुरका सिनियर इन्जिनियर मोहनबाबु यादव १ लाख ८० हजार घुससहित पक्राउ

३० असार, भाेजपुर । भोजपुरमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादव १ लाख ८० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई साेमबार पक्राउ गरेकाे हाे ।  यादवले षडानन्द नगरपालिका-१३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले  फेला पारेकाे हाे ।

 सेवाग्राहीबाट घुस लिगीरहेका यादवलाई भोजपुर नगरपालिका-७ स्थित फुपू भदैनी होटलबाट रङ्गेहात पक्राउ गरीएकाे अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालले बताएका छन् ।  ९८ लाख रुपैयाँको उक्त सिँचाइ आयोजनामा यो आर्थिक वर्षमा १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँ खर्च गर्ने सम्झौता गरिएको थियो । इन्जिनियर यादवले यो सिँचाइ अन्य आयोजनाबाट पनि २० प्रतिशत भन्दा धेरै कमिशन माग्दै आएका थिए।

प्रकाशित मिति : July 15, 2019 at 4:28 pm