७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

छवि ओझाले गरे शिल्पा पोखरेलको दोस्रो विवाहको खुलासा, काे थिए शिल्पाकाे पहिलाे पति ?


३० असार, काठमाडाैँ । फिल्म निर्माता छवी ओझा र नायिका शिल्पा पाेखरेल प्रेम सम्बन्ध हुँदै प्रेम विवाहमा परिणत भएकाे थियाे । विगत तीन वर्ष अगाडि विवाह गरेका छवी र शिल्पाकाे आपसी समझदारिताकाे बाँध टुटेर सामाजिक संजाल भरी छताछुल्ल भएर पाेखिएकाे छ । आपसी झगडाले ठुलाे रूप लिएपछि शिल्पाले छविकाे घर छाडेर मात्र गइनन् उनले प्रहरीमा श्रीमान छवीबाट ज्यान जोगाई पाउँ भन्दै  उजुरी दिएपछि उनीहरू बिचकाे विवाद सतहमा आएको हो । शिल्पासँग छवीकाे चाैथाे विवाह थियाे ।

यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् ।  मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् । छवीले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए ।

त्यसैगरी एक अन्तरवार्ताकाे क्रममा पत्रकारले तपाइकाे याे चाैथाे विवाह हाे अनी हरेक श्रीमतीसँग सँगै किन रहन सक्नु हुन्न भनेर प्रश्न गर्दा छविले आफ्नाे बारेमा ३ वर्ष प्रेममा हुँदा शिल्पालाइ सबै कुरा थाहा भएकाे र शिल्पाकाे पनि दाेस्राे विवाह भएकाे बताएका छन् । उनले प्रष्ट भनेका छन् मराे बारेमा शिल्पालाइ पनि थाहा थियाे र शिल्पाकाे विषयमा पनि मलाइ प्रष्ट थाहा छ । सबै कुरा एक अर्कालाइ थाह हुँदाहुँदै पनि आफुहरू वैवाहिक सम्बन्धमा बाँधिएकाे छवीले बताएका छन् । शिल्पाकाे पहिलाे पतीकाे विषयमा भने प्रष्ट भएकाे छैन तर शिल्पाले पहिले पनि विवाह गरेकाे कुरा भन्ने  छवीले प्रष्ट परे ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार १५:४४