६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

नागरिकको सेवा र सुरक्षामा कुनै कमी आउन नदिन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

२९ असार, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ३ कुरकुरे डाँडामा नवनिर्मित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेक्वा काभ्रेपलाञ्चोकको कार्यालय भवन तथा व्यारेक भवनको आज एक समारोहका वीच शिला अनावरण गरी उद्घाटन गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण हेक्वा सिन्धुपाल्चोकको भुकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएको ब्यारेक भवन तथा नवनिर्मित कार्यालय भवनको समेत उद्घाटन गर्नुभयो । त्यसअवसरमा उहाँले सीमा सुरक्षा, विपद् उद्धार लगायत संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा व्यावसायीक कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरुले राष्ट्रियताको जगेर्ना गर्न तथा जिम्मेवारी पुरा गर्न पु¥याएको योगदानले संगठन लोकपृय भएको चर्चा गर्दै जिम्मेवारी निर्वाहको क्रममा निरन्तर त्याग र मेहनत गर्दै परिणाममुखी कार्यसम्पादनमा सकृय रहनु पर्ने बताउनुभयो ।

विपद् बारे जानकारी प्राप्त हुनासाथै उद्धार कार्यमा तत्काल परिचालित हुन निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले उद्धार कार्यमा उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै आफ्ना सम्पूर्ण ईच्छाअकांक्षाहरुलाई थाँती राखेर परिणाम निस्कने ढंगले परिचालित भई नागरिकलाई वास्तवमै सघाउ पुग्ने ढंगले जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।

उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको सराहना गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो– ‘सशस्त्र प्रहरी कर्मचारीहरु जस्तोसुकै चुनौतीपूर्ण परिस्थितीमा समेत कत्तिपनि विचलीत नभई कार्यक्षेत्रमा अहोरात्र खटिनु पर्दछ, यसबाट सशस्त्र प्रहरी बलले पु¥याउने सेवा तथा सुरक्षा कार्यमा वास्तवमै उपलब्धीहरु हासिल हुन मद्दत पुग्दछ ।’

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसैअवसरमा संगठनले भ्रष्टाचार तथा लैंगिक हिंसामा शुन्य सहनशिलताको नीति अवलम्बन गरेको चर्चा गर्दै कार्यक्षेत्रमा मानवअधिकारको पूर्ण रुपमा रक्षा गर्दै दायित्व निर्वाह गर्न निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी कार्यसम्पादन गर्दा नागरिकको हक अधिकारको पूर्ण रुपमा रक्षा गर्दै दायित्व निर्वाहमा समर्पित रहन निर्देशन समेत दिनुभयो ।

अन्य सुरक्षा निकाय एवं स्थानीय प्रशासन तथा सरोकार राख्ने सवैसँग आवश्यक समन्वय गर्दै मन, वचन र कर्मले कार्यक्षेत्रमा समर्पित हुन सकेमा सशस्त्र प्रहरी पोशाकको कदर हुन्छ भन्नुहुँदै उहाँले राष्ट्र र जनताको चाहना अनुरुपको कार्यशैली अपनाई सेवाका क्षेत्रहरुमा समर्पित रहनुपर्ने बताउँदै छिटोछरितो सशस्त्र प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी बल, नेपाल स्थापना पछि क्रमिक रुपमा विस्तार हुँदै हाल देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति जनाउन सफल भएको उल्लेख गर्नुभयो । संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा सवै निकायसँग आवश्यक समन्वय एवं सहकार्य गर्दै अगाडी बढ्दा उपलब्धीहरु हासिल हुन मद्दत पुग्ने बताउनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले एपीएफ एकाईमा भौतिक संरचना थपिएसँगै दायित्व समेत थपिएको महसुस गरेर मनैदेखि दायित्व निर्वाहमा कटिवद्ध रहनुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेक्वा काभ्रेपलाञ्चोकमा भएको भवन उद्घाटन कार्यक्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सशस्त्र प्रहरी बल, नेपाल स्थापना सँगसंगै सीमा सुरक्षा, औद्योगिक सुरक्षा, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा लगायतका जिम्मेवारीहरुको अतिरिक्त विपद् प्रकोपको अवस्थामा समेत अग्रपंतिमा रहेर नागरिकले महसुस गर्ने ढंगले अहम भूमिका निर्वाह गर्न सफल रहेको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेक्वा काभ्रेपलाञ्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण हेक्वा सिन्धुपाल्चोकमा भएको भवन उद्घाटन कार्यक्रममा निर्माण सम्बन्धी प्रतिवेदन सोही गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : July 14, 2019 at 10:42 pm