नुवाकोटका तीन युवा गोंगबुबाट पेस्तोलसहित पक्राउ
२९ असार, काठमाडाैँ । नुवाकोटका तीन युवा हतियारसहित पक्राउ परेका छन । काठमाडाैँको गोंगबु क्षेत्रबाट उनीहरूलाइ पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका स्थायी घर भएका रामुकुमार राई, प्रितम राई, र सविन खवास रहेका छन्। प्रहरी रेकर्ड अनुसार खवास अपहरण मुद्दामा जेल परेर छुटेका अभियुक्त हुन् ।
प्रकाशित मिति : July 14, 2019 at 9:27 pm







