१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

प्रदेश १ सरकारले बाढी पहिरोबाट ज्यान गुमाएकाहरुकाे परिवारलाई २ लाख दिने

२९ असार, माेरङ । प्रदेश १ सरकारले बाढी पहिरोबाट ज्यान गुमाएकाहरुकाे परिवारलाई २ लाख दिने भएकाे छ । आइतबार बसेको  मन्त्रिपरिषदको बैठकले बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएकाहरुकाे परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । अविरल वर्षापछि गएकाे बाढी र पहिरोबाट  हुन गएकाे ठुलो जनधनको क्षतिप्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सरकारले घाइतेहरुको सरकारी अस्पतालमा उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय समेत गरेको छ ।  घाइतेको निजी अस्पतालमा उपचार गरे बापत बढिमा ५० हजार रुपैयाँसम्म सरकारले भुक्तानी गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : 20:12