पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने सरकारको निर्णय, मन्त्रिपरिषद्का अन्य निर्णय यस्ता छन
२९ असार, काठमाडाैँ । सरकारले बाढी र पहिरोले पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी र पहिरोका कारण भत्किएका मुलको स्थानमा तत्कालै बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बास्कोटाको अनुसार मन्त्रिपरिषद् बैठकले अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानबाट पीडित भएका नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । सरकारले राहत कोषबाट रकम अपुग भए सरकारले रकम थप गर्ने निर्णय समेत गरेको मन्त्री बास्कोटाले जानकारी दिए । बाढी र पहिरोका कारण देशभर अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ ।
यस्ता छन मन्त्रिपरिषद्का अन्य निर्णयहरू

प्रकाशित मिति : 17:46









