७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

राष्ट्रपति भेट्न गएका नायक सरोज खनालको शितल निवासको ट्वाइलेटमा पर्खाइ, यो कस्तो सम्मान ?


२९ असार, काठमाडाैँ । एक जमनाका चर्चित नायक सरोज खनाल शुक्रबार राष्ट्रपति भवनमा एक कार्यक्रममा सहभागी हुन गएका थिए । तर कार्यक्रम सुरू हुनु केही अघि पुगेका खनालले ट्वाइलेटमा बसेर राष्ट्रपतिसँगको भेट कुरिरहेको तस्बीर पठाए । सोही तस्बीर नेपालकी पहिलो बेली डान्सर कमला सुवेदी सापकोटाले सरोज खनालको ट्वालेटमा बसेको तस्बीर सार्वजनिक गर्दै सरकारले नेपाली र भारतीय कलाकारको तुलना गरेकी छिन ।  

उनले लेखेकी छिन  ‘नेपाल का गहना सबै का प्रिय हिरो लाई राष्ट्रपति भवन को ट्वाइलेट मा कार्यक्रम को लागि पालो कुर्दै … अरु देशमा भए कस्तो गर्छन् बरिष्ठ स्रस्टा लाई‌ ? आफ्नै देशको गहना लाई यस्तो ? अनि भारतको अवार्ड लाइ‌ कति करोड छुट्याएको छ ? विदेशी कलाकार लाई पनि यस्तै गर्ने हिम्मत छ ? सरोज खनाल दाइको बिजोग देख्दा सारै मन दुखेर आयो ?’

कमलाले तस्बीरसहित ट्वालेटमा राखिएको विषयमा असन्तुष्टि जनाएपछि सरोज खनालले जवाफमा यो कला क्षेत्रकै विजोग भएको बताएका छन । उनले लेखेका छन ‘यो मेरा बिजोग होइन नेपाली कलाक्षेत्र कै बिजोग हो।’

 

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १२:५८