७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

ठगीको आरोप लागेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको वयान लिन घरमै पुग्यो प्रहरी


२९ असार, काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको घरमै पुगेर उनीसँग वयान लिएको छ । ठगीको मुद्दाका कारण विवादमा तानिएकी सिन्हाको वयान लिन प्रहरी उनको घरमै पुगेको हो । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार  सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो ।

सोनाक्षीलाई उक्त कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि लिएकी थिइन । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् । त्यसपछि उक्त कार्यक्रमका आयोजकले सोनाक्षीमाथि ठगी मुद्दा दर्ता गरेका थिए । प्रहरीले अहिले सोही घटना बारेमा सोनाक्षीको बयान लिन खोजेको हो । प्रहरी उनको घरमा पुगेपनि सोनाक्षी घरमा भेटिएकी थिइनन् । प्रहरी फेरि सोनाक्षीको घरमा जाने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार ११:३५