६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सिन्धुली दुधाैलीका एउटै परिवारका तीन जना बेपत्ता

२८ असार, सिन्धुली । दुधौली नगरपालिका–१२ मा पहिरोले घर बगाउँदा आज एउटै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

फाइल तस्बीर ।

पहिरोले पुरिएका हिराबहादुर पौडेलको भने स्थानीयवासीले सकुशल उद्धार गरेका छन् । प्रहरी टोली घटनास्थलमा गएको छ । अहिले बेपत्ता तीनै जनाको खोजी भइरहेको छ ।

प्रकाशित मिति : July 13, 2019 at 9:17 pm