६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

धनुषाकाे कमला नदीमा फसेका नौ जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

२८ असार, धनुषा । धनुषाकाे कमला नदीमा फसेका नौ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सशस्त्र प्रहरीको बाहिनीबाट परिचालित क्षेत्रीय विपद् व्यवस्थापन टोलीले शनिबार धनुषाको शहीद नगरपालिका बत्राइमा फसेका ९ जनाको सकुशल उद्धार गरेको हो ।

टोलीले शहीद नगरपालिका बत्राइको कमला नदीको बगरमा झुपडी घरमा फसेका ५ जना र कमलामाई नगरपालिका-७ को हसमुढा सखलामा रहेको कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको हाे । उद्धारपछि बाढीमा फसेकाहरूले सशस्त्र प्रहरीसँग खुशीको मुद्रामा तस्बीर खिचाएका थिए ।

प्रकाशित मिति : July 13, 2019 at 7:40 pm