७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

हाँस्य कलाकार हरिवंश आचार्यले दुई पटक विवाह गरिसक्दा पनि मनमा पन्चे बाजा बज्छ भनेपछि…


२८ असार, काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यले गीतमा ‘बुढो हुन मन छैन’ भन्दै नाचेका छन् । उनकाे ‘बुढो हुन मन छैन’  बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार महसञ्चारको युट्युवबाट उक्त गीत सार्वजनिक गरेका छन् । रोमान्टिक पारामा तयार गरिएको गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् ।

 गीतको भिडियोमा हरिवंश नै मुख्य भूमिकामा देखिएका छन् । ‘बुढो हुन मन छैन’ गीत हरिवंश आफैँले नै लेखेका हुन् । भिडियो भने सुदन केसीले निर्देशन गरेका हुन् ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २८ असार २०७६, शनिबार १७:३७