अनेरास्ववियुका संयोजक ऐन महरले जन्मदिनमा तीन क्याम्पसमा बिरूवा रोपे (फोटोफिचर)
२८ असार, काठमाडौँ । जन्मदिन अर्थात वर्थ डे भन्ने बित्तिकै केक काट्ने र साथीभाइ जम्मा गरेर रमाइलो गरी मनाइने प्रचलन नेपालमा हावी हुँदैछ । आज जन्मदिनमा हजारौँ खर्च गरेर भोज नै खुवाउने प्रचलन समेत सुरू भएको छ । यस्तो संस्कृति बढ्दै गएको समयमा नेकपाका युवा नेता अनेरास्ववियुका संयोजक ऐन महरले भने केक काट्न छाडेर केही रचनात्मक काम गरेका छन । जसको सन्देश अनेरास्ववियुको वृतमा सकारत्मक रूपमा फैलने दखिन्छ ।

महरले असार २७ गते परेको आफ्नो जन्मदिनको अवसरमा त्रिवि केन्दीय क्याम्पस, त्रिचन्द्र क्याम्पस र अस्कल क्याम्पसमा बिरूवा रोपे । त्यस्तै उनले तिलगंगामा रहेको शान्ति सेवा गृहमा रहेका ८२ जना बालबालिकालाइ कपी, पेन्सिल इरेजर लगायतको शैक्षिक सामाग्री बितरण गरे । ठूला होटल र रेष्टुरेन्टमा बसेर जन्मदिनको नाममा गरिने खर्च महरले जस्तै रचनात्मक काममा लगाउने हो भने साच्चिकै समाज परिवर्तनका निम्ति सबैले सहयोग पुर्याउन सकिन्छ ।

जन्मदिनमा केक काट्न छाडेर किन यस्तो काममा लाग्नु भयो त भन्ने दैनिकीको प्रश्नमा महरले भने ‘परिवर्तनको सुरूवात हामी आफैँले गर्नुपर्छ, अर्को कुरा मैले जन्मदिनको नाममा गर्ने खर्च बालबालिकाको शैक्षिक भविष्यका निम्ति गर्दा त्यसको सकारात्मक प्रभाव समाजमा पर्छ र म अहिले अनेरास्वियुको संयोजक रहेको छु । यसको सिको अनेरास्ववियुका नेता कार्यकर्तालेमात्र गर्दा पनि देशका निम्ति ठूलो योगदान हुन्छ । त्यसकारण म सबैमा जन्मदिन मनाउने हाम्रो शैली परिवर्तन गर्न अपिल गर्छु ।’

प्रकाशित मिति : July 13, 2019 at 3:24 pm









