भोजपुरमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु, डोजरले पहिरो पन्छाउने तयारी
२८ असार, भोजपुर । पहिरोले घर पुरिँदा भोजपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।

शनिबार बिहान ९ः४५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुरिएपछि घरमा बसिरहेका उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए। प्रहरी र स्थानीयले पहिरो निकाल्न नसकेपछि स्कभेटको सहायतामा पहिरो पन्छाउने काम हुन लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 13, 2019 at 12:13 pm









