बाढी पहिरोपीडितको उद्धार तथा राहतमा खट्न नेता कार्यकर्तालाई ओली र प्रचण्डको संयुक्त अपिल
२८ असार, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी पहिरोपीडितको उद्धार तथा राहत कार्यमा सक्रियतापुर्वक संलग्न हुन पार्टीका सवै नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बिहीवारदेखि लगातार आएको अबिरल बर्षाका कारण मुलुकभर धनजनको क्षती बढेपछि नेकपाका अध्यक्षद्धयले आफ्ना सवै नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुटन निर्देशन दिएका हुन ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले शनिबार बिज्ञप्ती जारी गरी बाढी पहिरोबाट भएको जनधनको क्षतीप्रति गहिरो दुःख प्रकट गर्दै नेता कार्यकर्तालाई उद्धार तथा राहतमा जुटन निर्देशन दिएका छन । विज्ञप्तिमा भनिएको छ ‘पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै छ । हामी हाम्रो पार्टीका सवै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापुर्वक जुटन निर्देशित गर्दछौं।’ अबिरल बर्षाका कारण सिर्जित क्षतीप्रति दुवै नेतादे खुःख ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : 11:35









