६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सप्तकोसीमा बाढीले खतराको तह पार गर्यो, उच्च सावधानी अपनाउन स्थानीय प्रशासनको अनुरोध

२८ असार, सुनसरी । निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा खतराको तह पार गरेको छ । बिहान ९ बजे सप्तकोशीमा बाढी खतराको तह भन्दा धेरै माथी पुगेको छ । बाढीले खतराको तह पार गरेपछि स्थानीय प्रशानले आसपसका जनतालाइ उच्च सावधानी अपनाउन अनुरोध गरेको छ ।

सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको छ ।मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको औंल्याएको छ । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने सजग रहन भन्दै सबै क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाइएको छ । कोशी नदीको क्षेत्रमा आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी रहेको केन्द्रले बताएको छ ।

 

प्रकाशित मिति : July 13, 2019 at 10:34 am