६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

काठमाडाैँ बौद्ध  बस्ने जापानी नागरिककाे २ लाख  लुटियाे

२७ असार, काठमाडाैँ ।  काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : July 12, 2019 at 3:19 pm