पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ३ जना घाइते
२७ असार, काठमाडौं । अविरल वर्षाकोले पहिराे जाँदा काभ्रे र रामेछापमा ३ जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरीदा २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले बताएका छन् । यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १२:२५