१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सरकारले सबैलाई शान्ति प्रक्रियामा ल्याउन प्रयास गर्नुपर्छः पूर्व प्रधानमन्त्री खनाल

२५ असार, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक घटनामा संसदीय समिति बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानविरुद्ध हिंसाको बाटोमा अब कोही पनि जान नहुने बताउनुभयो । नेता खनालले सरकारले सबैलाई शान्ति प्रक्रियामा ल्याउन प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सर्लाहीमा भएको घटनाले लोकतन्त्र नै कमजोर हुने देखिएकाले छानबिन समिति गठन हुनुपर्ने माग राखिएको बताउनुभयो । “संविधान एवं संसद्ले पारित गरेको कानूनसँग जोडिएको विषय भएकाले समिति गठन हुनुपर्छ, पेट्रोलियम पदार्थको भाउ रु पाँच बढेका बेला, निर्वाचनमा धाँधली भयो भनी संसद्बाटै छानबिन समिति बनेको छ, यो घटनाको सत्यतथ्यमा पुगिएन भने लोकतन्त्र खतरामा पर्नसक्ने भएकाले समिति गठनको माग गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : 21:50