२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

श्रीमतीकाे हत्या गरी जंगलमा फ्याँकेर प्रहरीलाई खेजिदिन आग्रह गर्ने रमेश पक्राउ

२५ असार, पाेखरा । श्रीमानले श्रीमतीकाे हत्या गरी पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा फ्यालेकाे २५ दिन पछि अस्थिपन्जर मात्र भेटिएकाे छ । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जनाएका छन् ।

असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै श्रीमती लिएर हिडेका रमेशले  सिद्धार्थ राजमार्गमा करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा श्रीमतीकाे हत्या गरी फालेकामा अस्तिपन्जर मात्र भेटिएको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएपछि कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले रमेशकाे श्रीमतीकाे अस्तिपन्जर मात्र भेटिएको हो ।

 शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ । लक्ष्मीको शव भएको ठाउँ नजिकै एउटा गाई पनि मरेका कारण गाईको गन्ध नै आएको होला भन्दै स्थानी झुकिएको एक प्रहरीले जानकारी दिएका छन् । लक्ष्मीको हत्याकाे अाराेपमा उनका श्रीमानलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

प्रकाशित मिति : July 10, 2019 at 5:48 pm