इन्दु लम्साल नेतृत्वकाे लायन्स क्लब ३२५ बी १ विश्वकै उत्कृष्ट घाेषित, नेपालीले यसरी मनाए खुशी
२५ असार, काठमाडौं । इटालीको मिलानमा लायन्स क्लब इन्टरनेशनलको १०२औं कन्भेन्सन सम्पन्न भएको छ। कन्भेन्सनमा नेपालकाे तर्फबाट डिस्ट्रिक्ट ३२५ बी १ का गभर्नर ईन्दु लम्सालले लायन्स क्लब इन्टरनेशनलका नव निर्वाचित अध्यक्ष डाक्टर जुङ युल चोइबाट गाेपनियताकाे शपथ लिएकी छिन्।
लायन्स क्लबकाे संगठन विस्तारमा संसारका २ सय १२ देशलाई पछाडि पार्दै लम्साल नेतृत्वको डिष्ट्रिक्टले विश्वलाई चकित पारेर यस कन्भेन्सनमा ८४ वटा नयाँ क्लव प्रस्तुत गरि संसारकै उत्कृष्ट गभर्नर बन्न सफल भएकि छिन् । लम्सालले संगठन विस्तारमा यस वर्ष विश्वमै नयाँ कीर्तिमान कायम गरि उत्कृष्ट अवार्ड ग्रहण गरेकी छिन्।
भव्य समारोहमा लम्सालले उत्कृष्ट अवार्ड ग्रहण गरि रहदा सहभागी नेपालीहरु अत्यन्तै खुशी र उत्साहित हुदै नेपाली झण्डा फहराइ रहेका थिए। ऐतिहासिक उक्त क्षण अाफू निकै भावुक बनेको नेपालीका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले बताउनु भयाे । मिलान कन्भेनसनमा सम्पन्न भएको भाईस प्रेसिडेन्टकाे निर्वाचनमा नेपालबाट समर्थित क्यानाडाकी डा. प्याटी हिल निर्वाचित भएकीछन्। डा. हिलकाे विजयले नेपालकाे लायनवादलाई अझै अगाडि बढाउन सहज हुने र अागामी दिनमा नयाँ याेजना सहित मानवीय सेवामा खट्न उत्साह थपिएको, गभर्नर लम्सालले बताउनु भयो ।
गभर्नर लम्साल लगायत वहाँकाे टिम जुलाई ११ मा नेपाल फर्कने कार्यक्रम रहेकाे जाेन चियर पर्सन अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार गभर्नर लम्साल नेपाल फर्किएसँगै जुलाई १२ मा पदभार ग्रहण गर्ने कार्यक्रम रहेकोछ। साथै जुलाई १३ तारिकमा सम्पन्न हुने बृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुने कार्यक्रम समेत तय भएको छ। यस वर्ष राईज टु ईम्पावरकाे व्यानरमा महिला सशक्तिकरण र सीप अभिवृद्धि लगायत अन्य मानवीय सेवाका कार्यक्रमहरु संचालन हुनेछन् ।




प्रकाशित मिति : 13:18







