६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

रूरू क्षेत्रमा डा टीकाराम शर्मा खनाल धर्मशाला निर्माणको शिल्यान्यास, चाैतारो पनि बन्ने

२५ असार, गुल्मी । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्ला गुल्मीमा रहको आफ्नो घरलाई धर्मशाला बनाउने पूर्व घोषणा अनुसार निर्माणको शिलान्यास गरेका छन । यही असार २३ गते उनले माता चन्द्रकला शर्मा खनाल र आफूले धर्मशाला निर्णमाको शिलान्यास गरेका हुन । उनले धर्मशालासँगै लामो चौतारो पनि निर्माण गर्न लागेका हुन ।

यसअघि गत असोजमा उनले गृह जिल्ला पुगेको समयमा पिताको सम्झनामा धर्मशाला निर्माण गर्ने घोषणा गरेका थिए । गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रहेको रुरुस्थित रिडीमा आफना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको खनालले बताएका छन ।

खनालको पुरानो घर ।

प्रकाशित मिति : 10:12