१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रतिपक्षी दलहरूले संसद अबरूद्ध गरे

२४ असार, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको दाबी गरेर झुटो बोलेको भन्दै प्रतिपक्षी दलहरूले संसद बैठकमा अबरोध सिर्जना गरेका छन । नेपाली कांग्रेस र राजपाले संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै संसद अबरोध गरेका हुन ।

सभामुख कृष्णबहादुर महराले संसदीय समिति गठन गर्ने तर दलहरूको परामर्शमा गर्ने भनेलगत्तै विपक्षीका सांसदहरूले बैठकमा अबरोध गरेका हुन । उनीहरूले गृहमन्त्रीले झुटो बोलेको आरोप लगाएका छन । त्यसअघि गृहमन्त्री गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका नेता पौडेल दोहोरो भिडन्तमा नै मारिएको बताएका थिए । उनले प्रहरीकै भाषामा प्रतिवेदन सुनाएपछि सांसदहरूले आक्रोश पोखेका हुन । विपक्षीको अबरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन ।

भिडियो तल हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : 12:31