६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

१४ वर्षीया बालिका माथि सामूहिक बलात्कार गर्ने इन्द्र थापा र गुरू पुनलाई १२ वर्ष कैद

२४ असार, लमही । दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो ।


उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२÷१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला भएको । विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : 10:18