पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतका लागि अनुमोदित
२३ असार, काठमाडाैँ । पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने भएकी छन् । दावाफुटीकाे नाम सोमबार बसेको संसदीय सुनुवाइ समितिमा अनुमोदन गरेको हो । अमेरिकामा अध्ययन सकेर भर्खरै नेपाल फर्किएकी दावाफुटीसँग सुनुवाइका क्रममा पनि सांसदहरूले उनको अनुभव क्षमताबारे प्रश्न सोधेका थिए। दावाफुटी अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।

प्रकाशित मिति : 21:23









