६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मादकपदार्थ सेवन गरी वीरबहादुरले ढुङ्गा प्रहार गर्दा गङ्गाको मृत्यु

२३ असार, पाेखरा । पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराउनुभएको छ ।

शवको परीक्षणपश्चात मृत्युको थप कारण जानकारी हुने उहाँले थप्नुभयो । उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : 19:35