१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

प्रदेश ३ का मुख्यमन्त्री पौडेल स्वदेश फिर्ता

२३ असार, हेटाैँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल चीनको गान्चु प्रान्तको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएको छ । मुख्यमन्त्री पौडेल गान्चु प्रान्तका गभर्नर ताङ रेजिन्यनको निमन्त्रणामा असार १७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । मुख्यमन्त्री पौडेलको नेतृत्वमा सात सदस्यीय टोली चीनको लान झाउ शहरमा आयोजित विषेश कार्यक्रममा सहभागी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उहाँले त्यहाँ रहनुहुँदा गान्चु प्रान्तका गभर्नर, उद्योगपति, व्यापारीलगायतसँग भेटवार्ता गर्नुभएको थियो । मुख्यमन्त्रीको साथमा उहाँकी धर्मपत्नी विजया पौडेल, प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक राधा घले, नेकपाका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, कञ्चन खनाल, मुख्यमन्त्री कार्यालयका उप–सचिव भोला दाहाल, मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेललगायत रहनुभएको थियो ।

प्रकाशित मिति : July 8, 2019 at 7:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/