१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

संसदीय सुनुवाई विशेष समितिद्धारा प्रस्तावित चार राजदूतको नाम अनुमोदन

२३ असार, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई समितिको सोमबारको बैठकले कतारका लागि नारदनाथ भारद्वाज, बंगलादेशका लागि प्रस्तावित बंशिधर मिश्र, स्पेनका लागि प्रस्तावित राजदूत दाबा फुटुङ शेर्पा र अष्ट्रेलियाका लागि महेशकुमार दाहालको नाम अनुमोदन गरेको हो । त्यसअघि समितिले चारै राजदूतसँग सुनुवाई गरेको थियो ।

प्रकाशित मिति : 18:55