भुटानकाे गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त
२३ असार, काठमाडाैँ । नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त नियुक्त गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार भुटानका लागि गैरआवासीय नेपाली राजदूतमा आचार्यलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनुभएका आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : 18:29









