लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ
२३ असार, काठमाडाैँ । हिमालयन एयर लाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका मोरङ कानिपोखरी घर भएका लिला बहादुर बस्नेतलाई लुकाई छिपाई ल्याएको ४ सय ग्राम सुन सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीले विमानस्थलको आगमन कक्षमा बस्नेतले वोकी ल्याएको झोला खानतलासी गर्दा २२ थान वच्चाको ड्राइपरको वटनभित्र मेशिनले प्याक गरी ससाना रिङ वनाई लुकाई छिपाई ल्याएको १ सय ७५ पिस सुनका रिङ्ग र ५० ग्राम सुनको वाला गरी उक्त परिमाणको सुन फेला पारेको हो ।

शथै उक्त सामान लिन आएका गोरखा पालुङ्गटार घर भएका २७ वर्षीय रुपेश गिरी र २६ वर्षीय टेक बहादुर थापालाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : July 8, 2019 at 3:32 pm








