सल्यानमा ट्रक दुर्घटना, १० जना घाइते
२३ असार, सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । रुकुमबाट दाङ तुलसीपुर जाँदै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक कपुरकोट गाउँपालिका ३ आगरखोलाको घुम्तीमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन।दुर्घटनामा परी ट्रक चालक तुलसीपुर उपमहानगरपालिका ५ निवासी २६ वर्षीय ताराप्रसाद खड्का, शोही ठाउँका सहचालक २० वर्षीय यज्ञबहादुर खड्का, तुलसीपुर उपमहानगरपालिका ५ कै मानबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै दुर्घटनाबाट सल्यान शिद्धकुमाख गाउँपालिका २ का ६४ वर्षीय दलबहादुर बोहरा, बागचौर नगरपालिका ३ की ३२ वर्षीया गीता रेउले, कपुरकोट गाउँपालिका ५ का छबि विक, उनका ११ वर्षीय छोरा प्रविन विक, शिद्धकुमाख गाउँपालिका १ का ५३ वर्षीय दुर्गाबहादुर बस्नेत, छत्रेश्वरी गाउँपालि ६ लान्तिका ४० वर्षीया नविना खत्री र उपेन्द्र रावल घाइते भएका छन्।
उनीहरूको कपुरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि दाङ पठाइएको प्रहरीले बताएको छ। ट्रक सडकदेखि करिव ५५ मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र चालक समेत घाइते भएकाले अनुसन्धानमा केही ढिलाई भएको प्रहरीको भनाई छ।
प्रकाशित मिति : 15:39









