संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान
२३ असार, काठमाडाैँ । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार अमेरिका प्रस्थान गर्नु भएको छ ।ब्रिटिस आम्र्ड फोर्सले असार २५ गते आयोजना गर्ने फस्र्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लूपीएस) सीएचओडीएस नेटवर्क बैठकमा सहभागी हुन र असार २६ गते राष्ट्रसंघले गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति अमेरिका प्रस्थान गर्नुभएको हो ।

प्रधानसेनापति थापालाई बालाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो । थापा साउन १ गते स्वदेश फिर्ता हुने जङ्गी अड्डाले जनाएको छ ।
प्रकाशित मिति : 11:45







