६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

राष्ट्रियसभामा नेकपा दलका नेता एवं पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक कस्तुरीको बिनासहित पक्राउ

२३ असार, काठमाडाैँ । राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दलका नेता एवं पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक कस्तुरीको बिनासहित पक्राउ परेका छन । प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा  शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका हुन । नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत रही शर्माको अंगरक्षकका रुपमा खटिएका हवल्दार चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री शर्माको सुरक्षाका लागि खटिएका उनको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ। तर उनको मुचुल्चामा हतियार बरामदको कुरा लुकाइएको प्रहरी स्रोतले जनाएको छ । चन्द सुकेधाराको डाँफे रेष्टुरेण्टबाट आइतबार साँझ पक्राउ परेका हुन्। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले शर्माको अंगरक्षकलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन ।

प्रकाशित मिति : 09:20