६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

करेन्ट लागेर नुवाकोटका दुई बालक घाइते

२२ असार, नुवाकाेट । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर आज दुई बालक घाइते भएका छन् । करेन्ट लागेर विदुर नगरपालिका–१ का पाँच वर्षीय दमै नगरकोटी र सात वर्षीय सुजन नगरकोटी घाइते भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । करेन्ट लागेर दुवै बालक सडकमा खसेका थिए । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : 19:37