अर्काे केटासँगकाे अवैध सम्बन्ध लुकाउन सासुको हत्या गर्न खाेज्ने बुहारी पक्राउ
२२ असार, काठमाडौँ । अर्काे केटासँगकाे अवैध सम्बन्ध लुकाउन सासुको हत्या गर्न खाेज्ने बुहारी पक्राउ परेकी छिन् । आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने पर्साको कालिकामाईं गाउँपालिका-२ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार दिउँसो इन्दुले सासु राजपती देवी महरालाई धारिलो हतियारले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । हत्या प्रयास गर्ने इन्दुबिरूद्ध राजपतीका श्रीमान भोजरामले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी इन्दुमाथी अनुसन्धान गर्दा उनले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास गरेको खुलेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 18:09







