६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

नक्कली लाइसेन्स बनाउने चार जना पक्राउ

१९ असार, काठमाडाैँ । नेपाल प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र बनाउने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सवारी चालक अनुमतिपत्र बनाउन प्रयोग गरिएका विभिन्न सामग्रीसहित काठमाडौँका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी तथा सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ र रामेछापका मुनालकुमार मोक्तानलाई बुधबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर एक थान र चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर र यातायात व्यवस्था विभागको नगदी रसिदसहित पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामाथी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : 22:43