१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

दीपक मनाङेलाई नेकपामा प्रवेश गराउँदै गुरूङले भने ‘दुई तिहाइ पुगेकोमा हामी उत्साहित छौँ’

१९ असार, काठमाडाैँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरूङले मनाङेलाई नेकपामा प्रवेश गराएका हुन । उनले टीका र खादा लगाएर मनाङेलाई पार्टीमा स्वागत गरे । मनङेलाई पार्टीमा स्वागत गरेपछि मुख्यमन्त्री गुरुङले सकारात्मक प्रतिक्रिया दिँदै भने, ‘प्रदेशसभामा दुई तिहाइ बहुमत पुगेकोमा हामी उत्साहित छौं।’ मुख्यमन्त्री गुरुङले उनी सुध्रन चाहेर पार्टीमा आएको भन्दै खुसी व्यक्त गरे।

मनाङे ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका छन । तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। त्यही मुद्दामा उनलाई गत २०७५ वैशाख ६ गते प्रहरीले पक्राउ गरेर थुनामा राखिएको थियो । पछि पुस ६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनी शपथ लिएर प्रदेशसभामा जान थालेका थिए।

प्रकाशित मिति : July 4, 2019 at 11:40 am