२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

आफन्तलाई जागिर दिन उत्तरपुस्तिका केरमेट गर्ने त्रिवि सेवाका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

असार १८, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । कर्मचारी पदपूर्ति गर्दा लिखित परीक्षामा पाएको नम्बर तलमाथि गरेको र आफन्तलाई जागिर दिएको आरोपमा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी दश जनाविरुद्ध मुद्दा दायर भएको हो ।

१६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरुका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मूख्य लेखा सहायक, मूख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरुको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता देखिएको अख्तियारको दावी छ ।

उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परिणाम फेरबदल गराएको, अङ्क थपेर आफन्तलाई पास गराएको लगायतका कमजोरी भेटिएको पनि अख्तियारले जनाएको छ ।

याे पनि पढ्नुहाेस्ः

-त्रिवि सेवा आयोगमा चरम वेथितिः आफन्त उत्तीर्ण गराउन उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट

-त्रिवि सेवा आयोगमा अख्तियारकाे छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

-नेताका नातेदार भर्तीमा त्रि वि सेवा आयोगको कीर्तिमानी, कसको नाता कोसँग ? (सूचीसहित)

प्रकाशित मिति : July 3, 2019 at 7:48 pm