अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा पत्रकार सम्मेलनबाटै पक्राउ (फोटोफिचर)
१८ असार, काठमाडाैँ । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा पत्रकार सम्मेलनबाटै पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला देवकोटालाई पक्राउ गरेको हो । देवकोट सहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले उजुरी गरेको थियो ।
गत असार १० गते नगरसभा चलिरहेका बेला आफूहरुलाई शुभकामना मन्तव्य राख्न नदिएको भन्दै देवकोटा लगायतका व्यापरीले माइक खोसेर अभद्र व्यवहार प्रदर्शन गरेका थिए । तस्बीरहरूः श्रवण देउवाको फेसबुकबाट साभार

प्रकाशित मिति : 13:14









