स्वास्थ्य अवस्था गम्भीर भएपछि नवजात शिशु र सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
१८ असार, बागलुङ । सरकारले सुत्केरी र नवजात शिशुलको ज्यान बचाउने उद्धेश्यले सुरू गरेको एयर एम्बुलेन्स सेवाले बागलुङका एक शिशिको ज्यान जोगिएको छ । शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि सरकारले थप उपचारका लागि हेलिकप्टबाट पोखरा लगेको हो । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उनको नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी विकलाई मंगलबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो ।शल्यक्रियापश्चात जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेका थिए । त्यसपछि गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो । उद्धार गरिएको शुशुको पोखरास्थित गण्डकी अस्पतालको अतिसघन कक्षमा उपचार भैरहेको छ ।
प्रकाशित मिति : 09:58









